
दोलखा । दोलखाको जिरी नगरपालिका वडा नम्बर-९ ठुलोपातल लहरेमानेमा एक महिलाको रुख काट्ने क्रममा किचेर मृत्यु भएको छ।शुक्रबार ठुलोपातल निवासी स्थानीय जितविर तामाङ र उनकी अन्दाजी ३८ वर्षीय श्रीमती अनिता तामाङ आफ्नै घर नजिकको बारीमा रुख काट्न गएको र आधा रुख काटेर दुवै जनाले डोरीले सोही रुख तान्नेक्रममा रुखको माथिल्लो भाग भाँचिएर श्रीमतीको टाउकोमा लाग्दा गहिरो चोट लागेको र घाइते तामाङलाई उपचारको लागि जिरी अस्पताल लाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय जिरीले जनाएको छ।
बिहान करिब १०:३० बजेको समयमा घटना घटेपछि प्रहरीलाई स्थानीयले १२ बजे खबर गरेका थिए। मृत तामाङको शव आफ्नै घरमा रहेको हुँदा प्रहरी घटना स्थल पुगेर मुचुल्का उठाउन सुरु गरेको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।