
कैलाली। कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नं १ मा रहेको राष्ट्रिय क्याम्पस सुखडमा नियमित शिक्षक नभएको भन्दै विद्यार्थीहरुले आज क्याम्पस अध्यक्ष र क्याम्पस प्रमुखलाई ज्ञापनपत्र बुझएका छन । छात्राहरुलाई स्यानेटरी प्याडको ब्यवस्था गर्नु पर्ने, क्याम्पसको पुस्तकालयलाई ब्यवस्थित गरी, ई-लाइब्रेरीको व्यवस्था गर्नु पर्ने, प्रयाप्त सौचालय तथा शुद्ध खानेपानीको उचित व्यवस्था गर्नु पर्ने, पुस्तकालयमा आवश्यकता अनुरूप पुस्तकहरुको व्यवस्था गर्नु पर्ने, विद्यार्थीहरुको गुनासाहरु सुनवाई गर्नको निम्ति सुझाव पेटिकाको ब्यवस्था गर्नु पर्ने,क्याम्पसलाई तल्काल रंगरोगन पर्ने, विद्यार्थीलाई प्रदान गर्दै आईरहेको छात्रवृत्तिलाई बढी भन्दा बढी पार्दशिता दिनु पर्ने , क्याम्पसका शिक्षकहरु लामो समयसम्म हाजिरी नहुने प्रवृत्तिको अन्त्य गरी नियमित रुपमा पठनपाठानको ब्यवस्था गर्नु पर्ने, विद्यार्थीलाई मैत्रिपुर्ण खेल मैदानको व्यवस्था मिलाउनु पर्ने, अपुर्ण भएका लथालिङ्ग रुपमा छोडिएका भौतिक संरचनाहरु तत्काल निर्माण कार्यको थालनी गर्नु पर्ने, क्याम्पस हाताभित्र तत्काल चमेना गृहको ब्यवस्था गर्नु पर्ने मागहरु रहेका छन्।क्याम्पसमा पढ्ने थुप्रै विध्यार्थीहरुको पढाईमा खेलवाड गरेको भन्दै अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी) ले माग पत्र निकालेको छ ।
क्याम्पस अध्यक्ष खकेन्द्र बहादुर हमाल र क्याम्पस प्रमुख कर्ण बहादुर भण्डारीले विद्यार्थीहरूले राखेका जायज मागहरूलाई यथाशीघ्र सम्बोधन गर्ने प्रतिबद्धता जाहेर छन् भने उता विद्यार्थीहरूले सो समस्याहरूको समाधान समयमै नदिए थप संघर्षका कार्यक्रम घोषणा गर्ने पत्रमा उल्लेख गरेका छन् ।
यदि हाम्रो मागलाई वेवास्ता गरे चरण बद्द आन्दोलनका कार्यक्रम ल्याउने अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी) जिल्ला उपाध्यक्ष माइकल सिले बताए ।
सो मागपत्रमा निम्नलिखित विषयवस्तु उल्लेख गरिएको छ ।“