
कैलाली । “धर्मजागरण, राष्ट्रशान्ति, आत्मशान्ति” भन्ने मूल नाराका साथ श्रीमद भागवत कथा १ हजार ८ सहस्त्र शालिग्राम परिक्रम योग विज्ञान शिविर तथा बाल संस्कार कार्यक्रम कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ३ फलेबिसौनामा शैक्षिक तथा धार्मिक सप्ताह ज्ञान महाज्ञ २०८१ हुने भएको छ।
मङ्सिर १ गतेदेखि ७ गतेसम्म सप्ताह ज्ञान महायज्ञ सञ्चालन गरिने मूल आयोजक समितिले जानकारी दिएको छ । मूल आयोजक समितिका संयोजक जनक गिरीले फलेबिसौना स्थित “शान्ति माध्यमिक विद्यालयको विकास एवं शैक्षिक स्तरउन्नतिका लागि” सप्ताह ज्ञान महायज्ञ लगाउने तयारी गरिएको संयोजक गिरीले बताए।
परमपूज्य भागवत चरणोपासक अन्तर्राष्ट्रिय प्रखर मधुर भाषी कथा वाचक आचार्य पूज्य श्री किशोर शरण सुवेदी जी महाराजज्यूको मुखारविन्दबाट अमृतमय श्रीमद भागवत कथा प्रवचन श्रवण गरी लाभ हासिल गर्न र राष्ट्रिय उद्घोषक गोपाल सम्राट अत्री ज्यू द्वारा ज्ञान विज्ञानको अध्यात्मिक उद्घोषण एवं बालसंस्कार कार्यक्रम हुने समेत जनाइएको छ। सोही कार्यक्रममा राष्ट्रिय कलाकारद्वारा दिव्य भजन कीर्तन झाँक्री प्रस्तुत समेत गरिने बताइएको छ ।
सोही कार्यक्रममा प्रत्येक दिन बिहान योग विज्ञान शिविर सञ्चालन समेत गरिने प्रचारप्रसार संयोजक प्रकाश साउदले वैज्ञानिक मिडियालाई जानकारी दिनुभएको छ। फलेबिसौना शैक्षिक तथा धार्मिक सप्ताह ज्ञान महायज्ञ २०८१ मा दानवीर दाताहरूलाई सम्मान कार्यक्रमहरू समेत राखिएको छ।
जसमा रु १ रुपैयाँ देखि ५ सय सम्म दानपेटिकामा राखिनेछ। रु ५ सय ५ रुपैयाँ देखि १ हजार सम्म दान दातालाई रसिद प्रदान गरिनेछ । ११ सय ५ रुपैयाँ देखि ३ हजार सम्मको दानदातालाई रसिद रामनामी र सम्मानपत्र प्रदान गरिनेछ। ३१ सय ५ रुपैयाँ देखि ५ हजार सम्मका दातालाई माथिका सम्पूर्ण सम्मान लगायत साधा फ्रेममा सम्मानपत्र प्रदान गरिनेछ। ५१ सय ५ रुपैयाँ देखि ७ हजार सम्मका दातालाई माथिका सम्पूर्ण सम्मान लगायत नाम भित्रे लेखन गरिनेछ। ७१ सय ५ रुपैयाँका दातालाई माथिको उल्लेखित सम्मानसहित एक जनाको नाम शिलालेखमा लेखिनेछ। १४ हजार १ सय ५ रुपैयाँका दातालाई माथिका सबै सम्मानसहित परिवारका दुई सदस्यको नाम स्यालेखमा लेखिनेछ। २१ हजार १ सय ५ रुपैयाँका दातालाई माथिका सबै सम्मानसहित परिवारका तीन सदस्यको नाम शिलालेखमा लेखिनेछ र चाँदीको जलप युक्त फ्रेममा सम्मान प्रदान गरिनेछ। साथै त्यस दिनको उपसभानायकको घोषणा गरिनेछ ५१ हजार देखि माथिका दातालाई सम्पूर्ण सम्मानसहित सुनको जलप लगाएको फ्रेममा सम्मानपत्र प्रदान गरिनेछ र त्यस दिनको सभानायकको घोषणा गरिनेछ। साथै स्थानीय पत्रपत्रिका र सञ्चार माध्यमबाट नाम प्रकाशित गरिनेछ। १ लाख दातालाई माथिका सम्पूर्ण सम्मानसहित सुनको जलप लगाएको फ्रेममा सम्मानपत्र प्रदान गरिनेछ। त्यस दिनको महासभानायक घोषणा गरिनेछ। साथै स्थानीय पत्रपत्रिकामा नाम प्रकाशित गरिनेछ। पाँच लाख नगद राशिभन्दा माथिका दातालाई माथिका सम्पूर्ण सम्मानसहित सुनको जलप लगाएको फ्रेममा सम्मान प्रदान गरिनेछ त्यस दिनको महासभानायकको घोषणा गरिनेछ र स्थानीय पत्रपत्रिकामा नाम प्रकाशित गरिनेछ। साथै मन्दिर परिसर भित्र दाताको अर्ध कदको शालिक राखिनेछ। मूल आयोजक समितिको निर्णयमा भव्य सम्मान गरिनेछ भनी मूल आयोजक समितिले बताएको छ। प्रबन्ध भने विश्व शान्तिका लागि साझा अभियान नेपाल रहेको छ।