इटहरीमा बसको ठक्करबाट एक जनाको मृत्यु

इटहरी । इटहरीमा बसको ठक्करबाट एक जनाको ज्यान गएको छ।इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको मे१ख ४५७४ नम्बरको बसले ठक्कर दिँदा साइकल यात्री सम्झना यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।दुर्घटनापछि फरार बसलाई सुनसरी-मोरङ सिँचाइ आयोजनाको पुलनजिकै स्थानीयले नियन्त्रणमा लिएर आगजनी गरेका छन्।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?