
अछाम । अछाम जिल्लाको ढकारी गाउँपालिका वडा नम्बर ४ बलातामा जन्मिएका समाजसेवि युवाहरुको आशा लाग्दो ब्यक्ति प्रकाश बहादुर साउँदले आफ्नो जन्म दिनको अवसरमा आफ्नै वडाको विद्यालयमा जहाँ आफैले अध्ययन गर्नुभयको थियो त्यसै विद्यालयका अध्ययनरत ४६ जना टुहुरा असाय अपाङ्ग विद्यार्थी भाइबहिनीहरूलाई कापी कलम र सरसफाईका सामग्री सहित मिठाई वितरण गर्नु भएको छ ।
एकीकृत समाजवादीका वडा कमिटी अध्यक्ष तथा एकीकृत समाजवादी युवा संघ सुदूरपश्चिम प्रदेश समितिका सदस्य समेत रहेका साउँदले जन्म दिनकाे अबसरमा मनकामना माध्यमिक विद्यालयका करिब ४६ जना विद्यार्थीलाई कापी र कलम सरसफाईका सामग्री सहित मिठाई वितरण गरेको सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । भने पालिकाको वडा नम्बर ५ को ज्ञान मन्दिर माध्यमिक विद्यालयका ३३ जना विद्यार्थीहरुलाई कापी कलम वितरण गरिएको छ।
मङ्गलबार एक कार्यक्रमका विच शैक्षिक सामाग्री बितरण गरिएको थियो। साउँदका अनुसार जन्म दिनमा हुने फजुल खर्चलाई कम गरि शैक्षिक क्षेत्रको सहयोगका लागी आफुले बर्षेनि जन्म दिनको अवसरमा विद्यार्थी लाई शैक्षिक सामाग्री वितरण गर्ने बताउनु भयो ।
ढकारी गाउँपालिका वडा नम्बर ४ घर भएका साउँदले टुहुरा असाय अपाङ्ग विद्यार्थी ७९ जना भन्दा बढि विद्यार्थीहरुलाई कापी कलम र सरसफाईका सामग्री सहित मिठाई वितरण लगाएतका शैक्षिक सामग्री वितरण गरेका हुन ।
आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेकोमा विद्यालयले युवा नेता साउँदलाई धन्यवाद दिएकाे थियाे । साउँद एक यस्तो युवा नेता हुनुहुन्छ जस्ले ब्यक्तिगत खुसिलाइ पर राखेर गाउँ समाज लाई जोड दिनुहुन्छ । जस्ले गर्दा समाजका हरेक जनताले खुसी ब्यक्त गर्छन ।