कैलाली ज्ञान ज्योति इंग्लिश बोर्डिङ स्कुलको १५ औँ वार्षिक उत्सव सम्पन्न

कैलाली । कैलालीको कैलाली ज्ञान ज्योति इंग्लिश बोर्डिङ स्कुलले १५ औँ वार्षिक उत्सव सम्पन्न गरेको छ। बर्दगोरिया गाउँपालिका वडा नं ५ बेलुवामा रहेको स्कूलले विभिन्न औपचारिक कार्यक्रम गर्दे वार्षिक उत्सव सम्पन्न गरेको हो।कार्यक्रमको सभापतिमा स्कूलका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर बुढा र प्रमुख अतिथिमा बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष भोलेराम चौधरी थिए। कार्यक्रममा विभिन्न विद्यामा प्रथम, दृतिय र तृतीय हुने लाई सम्मान तथा पुरस्कार पनि वितरण गरिएको थियो।स्कूलका प्रिन्सिपल सालीमान बोहराले बालबालिकाको क्षेमता अभिवृद्धि गर्ने कार्यलाई निरन्तरता दिनुका साथै नतिजा सुधारका लागि फरक ढङ्ग अभ्यास गरिरहेको बताए। वार्षिक उत्सव समारोहमा विभिन्न शिक्षा क्षेत्रमा आबद्ध व्यक्तित्व, अभिभावक लगाएतको उपस्थिति रहेको थियो। साथै सो विद्यालयमा अध्ययनरत छात्र छात्राहरूले विभिन्न प्रस्तुति राख्दै मनोरञ्जन समेत गराए। स्कुलका शिक्षक हेम बोहराको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमको सञ्चालन विद्यालयकी लेखापाल ललिता (धामी) बोहराले गर्नुभएको थियो।   

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?