अमेरिकामा भेटिए दशकौ‌ पछि मलेरियाका बिरामी

फ्लोरिडा, १३ असार । अमेरिकामा मलेरियाका बिरामी भेटिएका छन् । अमेरिकाको फ्लोरिडा र टेक्सासमा ती बिरामी भेटिएका हुन् ।  दशकौंपछि मलेरियाका पाँच केस फेला परे पछि त्यहाँ सतर्कता अपनाइएको छ । अमेरिकाको फ्लोरिडा र टेक्सासमा २० वर्षमा पहिलो पटक लामखुट्टेबाट सर्ने घातक रोग औलोका पाँचवटा घटनाको पुष्टि भए पछि अहिले पुन भेटिएका हुन । पछिल्लो प्रकरणको पुष्टि गर्दै अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले दुई महिनाको अवधिमा टेक्सासमा एउटा र फ्लोरिडामा चारवटा केस पत्ता लागेको बताएको छ ।टेक्सासमा दशकौंपछि मलेरियाका पाँच केस फेला परेका हुन । उनीहरुको उपचार भइरहेको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?