
काठमाडौं । अर्थसहित संघीय संसदका पाँचवटा समितिको बैठक बस्दैँछ ।संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछ । जसअनुसार अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकमाथि संशोधनकर्ता सांसद सदस्य र बिज्ञहरुसँग छलफल गरिनेछ । जुन बैठक दिउँसो १ः०० बजेवाट सुरू हुनेछ ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा समितिले समितिबाट भएका स्थलगत अनुगमनका प्रतिवेदन माथि छलफल हुनेछ । जुन बैठक अपरान्ह १२ः१५ बजेवाट सुरू हुनेछ ।महिला तथा सामाजिक मामिला समितिको बैठक भने बिहान ९ः०० बजेबाट सुरू हुनेछ । जुन बैठकमा मानब बेचबिखन तथा ओसारपसार सम्बन्धी विद्यमान कानूनी जटिलता सम्बन्धमा छलफल गरिनेछ ।
सार्वजनिक लेखा समितिको बैठकमा बेरुजुको आयतन उच्च भएका १० मन्त्रालयका सचिव र सो अन्तर्गतका विभागका प्रमुखसँग छलफल हुनेछ । जुन बैठकमा बिहान ११ः०० बजेबाट सुरू हुनेछ ।राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक बिहान ९ः१५ बजेवाट सुरू हुनेछ । जुन बैठकमा सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद भवन निर्माणको हालको कार्यतालिका र सो कार्यतालिका कार्यान्वयन सुनिश्चित गर्ने मन्त्रालयको तयारी सम्बन्धमा छलफल हुनेछ ।