आइपिएल जितेपछि विराट भन्छन्- यो जित ती सबै वर्षहरूको निराशा र टुटेका हृदयका लागि हो !

काठमाडौँ । विराट कोहलीले रोयल च्यालेन्जर्स बैंगलुरुले आईपीएलको उपाधि जितेपछि आफ्ना फ्यानहरूलाई सन्देश दिएका छन्। उनले फ्यानहरूलाई धन्यवाद पनि दिएका छन् ।उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफ्नो १८ बर्षको सपना पुरा भएको उल्लेख गरेका छन् । उनले लेखेका छन्- ‘यस टोलीले यो सपना साकार पार्‍यो, एउटा सिजन जुन म कहिल्यै बिर्सने छैन ।’

 

 

विराटले यो जित आफुहरुको १८ बर्षको कठिन यात्रामा साथ नछोडेक फ्यानहरुप्रति समर्पित गरेका छन् । उनले लेखेका छन्- ‘यो जित ती सबै आरसीबी फ्यानहरूको लागि हो जसले हामीलाई सबैभन्दा कठिन समयमा पनि छोडेनन् । यो जित ती सबै वर्षहरूको निराशा र टुटेको हृदयको लागि हो..’

 

 

विराटले आईपीएल जितेपछि यो ट्रफीको लागि १८ वर्षको लामो प्रतीक्षा लायक भएको बताएका छन्।मंगलबार राति सम्पन्न आइपिएलको फाइनलमा रोयल च्यालेन्जर्स बैंगलुरुले पञ्जाव किंग्सलाई ६ रनले पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो ।

 

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?