प्रिती बाट  युनिकोड     युनिकोड बाट प्रिती 

Logo
  • ” सबैको साथ सबैको विकास ”
  • प्रदेश
    • वैज्ञानिक अपडेट
      • राजनीतिक
      • राष्ट्रिय
      • अन्तर्राष्ट्रिय
        • प्रवास
      • पत्रपत्रिका
      • अपराध
      • मौसम
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • मधेश प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • अर्थ
  • विशेष
    • जीवन शैली
    • सांस्कृतिक
    • बैंकिङ
    • रोजगारी
    • भ्रष्ट्राचार
      • सुरक्षा
    • बीमा
  • खेलकुद
  • विचार
    • विश्लेषण
    • लेख
      • चाड पर्व
        • धर्म
  • कला
    • संगीत
      • ब्लग
    • सीमापारी
    • चलचित्र
  • लाइफ स्टाइल
    • सौन्दर्य
    • कृषि
    • बिज्ञान-प्रबिधि
  • अन्य
    • पर्यटन
  • अन्तर्वार्ता
  • कोरोना अपडेट
    • स्वास्थ्य
  • मनोरञ्जन
  • साहित्य
  • हाम्रो टिम

प्रिती बाट  युनिकोड     युनिकोड बाट प्रिती 

Logo
ट्रेन्डीङ्ग
  • प्रधानमन्त्री
  • नेपाल
  • आज
  • सरकार
  • रौतहट
  • बैठक बस्दै
  • प्रहरी
  • फिल्म !
  • आज विश्व हेपाटाइटिसविरुद्धको दिवस मनाइँदै

  • वैज्ञानिक मिडिया
  • प्रकाशित मिति : २०८० श्रावण १२ शुक्रबार - समय १२:४८
  • आज विश्व हेपाटाइटिसविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको जुलाई २८ तारिखमा मनाइने हेपाटाइटिसविरुद्धको दिवस यस वर्ष ‘एक जीवन, एक कलेजो’ नारासहित विभिन्न अस्पताल तथा चिकित्सकले जनचेतनामूलक कार्यक्रम र अन्तक्र्रिया आयोजना गरी मनाइँदै छ । वरिष्ठ कलेजोरोग विशेषज्ञ प्रा डा सुधांशु केसी विशेषगरी हेपाटाइटिस रोगबारे जनचेतना फैलाउन दिवस महत्त्वपूर्ण भएको बताउनुहुन्छ । नेपालमा हुने भाइरल हेपाटाइटिसमा चार प्रमुख छन् । यसमा हेपाटाइटिस ‘ए’, हेपाटाइटिस ‘इ’, हेपाटाइटिस ‘बी’ र हेपाटाइटिस ‘सी’ रहेका छन् ।
    के हो हेपाटाइटिस ? हेपाटाइटिस रोग कलेजोमा सुजन वा सुन्निनु हो जुन विभिन्न प्रकारका सङ्क्रामक भाइरस र गैरसङ्क्रामक कारणले स्वास्थ्यमा समस्या निम्त्याउने गर्छ । हेपाटाइटिस मुख्यतः पाँच प्रकारका हुने गर्छन् । कलेजोरोग विशेषज्ञ डा दिलीप शर्माका अनुसार यी सबैले कलेजोको रोग निम्त्याउने भए पनि सर्ने तरिका, रोगकोे गम्भीरता, भौगोलिक वितरण र रोकथामको विधि फरक हुने गर्छ । हेपाटाइटिस बी र सीले दीर्घकालीन समस्या निम्त्याउँछ । कलेजो सिरोसिस, कलेजो क्यान्सर र भाइरल हेपाटाइटिसबाट मृत्युसम्मको कारण हेपाटाइटिस बी र सी रहेको छ । भाइरल हेपाटाइटिस साइलेन्ट किलर पनि भनिन्छ । हेपाटाइटिस बी र सीका अधिकांश बिरामीमा लक्षण देखिँदैन, लक्षण नदेखिँदा ढिला उपचार गराउने कारण क्यान्सर लाग्ने हुन्छ । हेपाटाइटिस बी र सी एउटा समूहमा राखिन्छ । रगत र रगतजन्य पदार्थबाट सर्ने यो प्रकारको हेपाटाइटिस शारिरीक सङ्क्रमणबाट समेत सर्दछ । सीको सङ्क्रमण धेरै लागुपदार्थ दुव्र्यसनीमा फस्नेमा देखिने गरेको छ । हेपाटाइटिस बी सङ्क्रमित आमाबाट बच्चामा सर्ने हुन्छ । परिवार र समुदायमा बढी देखिने गर्दछ । चिकित्सकका अनुसार भाइरल हेपाटाइटिस सङ्क्रमण मौन हुने गर्छ । हेपाटाइटिस ए र ‘इ’भन्दा बी र सीकोे सङ्क्रमण घातक हुने गरेको छ ।
    विश्व स्वास्थ्य सङ्गठन ( डब्लुएचओ)का अनुसार विश्वभर यी दुई प्रकारका हेपाटाइटिसबाट हरेक दिन झन्डै आठ हजार नयाँ सङ्क्रमित थपिन्छन् । यसबाट प्रत्येक वर्ष १० लाखभन्दा बढी हेपाटाइटिसका कारण मृत्यु हुने अनुमान डब्लुएचओको अनुमान छ । विश्व स्वास्थ्य सङ्गठनको विश्वव्यापी हेपाटाइटिस रणनीतिअनुसार सदस्य राष्ट्रमा सन् २०३० सम्म नयाँ हेपाटाइटिस सङ्क्रमण ९० प्रतिशत र मृत्युलाई ६५ प्रतिशतले घटाउने लक्ष्य छ । हेपाटाइटिसबाट कसरी बच्ने ? चिकित्सकका अनुसार हेपाटाइटिस रोगको रोकथामको पहिलो उपाय भनेको यसको पहिचान नै हो । हेपाटाइटिसको परीक्षण नियमित गर्नुपर्छ ।
    हेपाटाइटिस नभएका व्यक्तिले यसविरुद्धको खोप लगाउने, उमालेको पानी पिउने र सफा स्वच्छ आहार खाने, रातो मासु, रक्सी नखाने र जन्डिस तथा खाना अरुचिको लक्षण देखिएमा चिकित्सकको परामर्श लिन डा शर्माको सुझाव छ । उहाँ भन्नहुन्छ, “हेपाटाइटिस बी र सीलाई प्राथमिकतामा राखेर त्यसको परीक्षण र उपचार गर्नसके मात्र यो रोग कम हँुदै जान्छ ।” उहाँका अनुसार कलेजोलाई स्वस्थ्य राख्न व्यक्ति स्वयं सचेत हुनुपर्छ । हेपाटाइटिसको उपचार “आफैँ निको हुने रोगको नेपालमा गलत उपचार भइरहेको छ । बिरामीलाई अप्ठ्यारोसँगै कतिपय अवस्थामा मृत्युसमेत हुने गरेको छ”, डा केसी भन्नुहुन्छ, “बिरामीलाई जन्डिसको समस्या देखिन्छ । जन्डिस भइसकेपछि आयुर्वेद र जडीबुटीको औषधि खाने तथा खाना बार्ने गर्दा रोग बिग्रिन्छ । त्यसले गर्दा अरु अप्ठ्यारो आउन सक्छ ।” डा केसी जनचेतनाको अभावमा बिरामीले जथाभावी औषधिको सेवन गर्न नहुने बताउनुहुन्छ ।
    उहाँका अनुसार हेपाटाइटिस ए र इ हेपाटाइटिस पानी र फोहर खानेकुराबाट सर्ने गर्छ । यसका बिरामीले पर्याप्त आराम र स्वच्छ आहार सेवन गरेको केही समयमा आफैँ निको हुन्छ । उहाँका अनुसार यो विशेषगरी दीर्घरोगी र गर्भवतीमा बढी सङ्क्रमण हुने गर्छ । हेपाटाइटिस सीको उपचारका सन्दर्भमा उहाँ भन्नुहुन्छ, “औषधिको मूल्य समान हुनाले अहिले एक बिरामीलाई रु ७० हजारसम्म उपचार खर्च लाग्न सक्छ ।” सी र एचआइभीको संयुक्त सङ्क्रमण हुने बिरामीलाई सरकारले निःशुल्क औषधि उपलब्ध गराउँदै आएको छ । हेपाटाइटिस बीका लागि खोप उपलब्ध छ । डा शर्मा भन्नुहुन्छ, “हेपाटाइटिस बी सङ्क्रमण धेरै भएको पकेट क्षेत्रमा माइक्रो एलिमेनेसनको कार्यक्रम गर्नुपर्दछ । त्यस्ता ठाउँमा रोगको परीक्षण गर्नुपर्छ र बिरामीको समयमा उपचारको व्यवस्था गर्न सके सङ्क्रमण फैलिनलाई रोक्न सहयोग पुग्छ ।” हेपाटाइटिस ए र इ स्वास्थ्यकर आहार र पर्याप्त आरामबाट निको हुनसक्छ । सीको औषधिको प्रयोगबाट निको हुन्छ भने बीको औषधिको प्रयोगले नियन्त्रण हुनसक्छ । बी र सीको औषधि उपचारबाट कलेजोलाई कडा हुनबाट बचाउँछ । चिकित्सकका अनुसार लिभर सिरोसिस भएमा अन्तिम विकल्प भनेको ट्रान्सप्लान्ट हो । त्यसकारण पनि समयमै रोगको पहिचान गर्नुपर्ने उहाँको सुझाव छ ।
    नेपालमा हेपाटाइटिसको समस्या सरकारसँग यकिन तथ्याङ्क नभए पनि तीन लाख जना हेपाटाइटिस रोगबाट पीडित हुनसक्ने चिकित्सकको अनुमान छ । देशभर तीन लाखमध्ये हेपाटाइटिस सीका बिरामी एक लाख छन् । चिकित्सकका अनुसार नेपालमा हेपाटाइटिस ए र इ बढी देखिन्छ । प्रत्येक वर्ष वर्षायाममा बढी देखिन्छ । “हेपाटाइटिस बी कुनै कम र कुनैमा धेरै छ । मनाङ, मुस्ताङ र डोल्पामा धेरै छ”, डा केसी भन्नुहुन्छ, “हिमाली भू–भागमा मात्र होइन, तराईका केही समुदायमा पनि हेपाटाइटिस बीको सङ्क्रमण धेरै देखिएको छ ।” एचआइभी÷एड्सलाई महत्त्व दिएजस्तै सरकारले हेपाटाइटिसलाई पनि प्राथमिकतामा राखेर यसको उपचार निःशुल्क गर्न चिकित्सकले सुझाव दिएका छन् । –––
    Powered By  Orson Infotech

    यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

    प्रतिक्रिया
    सम्बन्धित शिर्षक
    मृगाैला स्वास्थ्य बनाउन खानुहाेस् यी ४ चीज, देख्नु हुनेछ चमात्कार
    ग्याँस, मधुमेह, एसिडिटी र मृगौलाको समस्या भएकाले खानु हुन्न म्याङ्गाे शेक
    पाँच किसिमका मान्छेले खानु हुन्न सजिवन, स्वास्थ्यमा हुनेछ असर
    चिकुनगुनिया भाइरसले विश्वभरीका २.४ लाख प्रभावित, अमेरिकाले जारी गरयो चेतावनी
    आँप धेरै खाएमा आउनेछ डन्डिफाेर र देखिनेछ अनुहारमा दाग
    खाली पेटमा अदुवा र मह खानुहोस्, आधा दर्जन रोगवाट मुक्त हुनुहोस्

    ताजा खबर
    जबज पारिवारिक सम्पत्ति होइन्, ब्यक्तिगत महत्वकांक्षाकाे बिषय बन्नु हुन्नः ओली

    काठमाडौं । नेकपा एमालेका...

    एमाले अध्यक्षमा उठेमा भण्डारीले हार्ने र हारे पछि बिरोधमा लाग्ने ओलीको दावी

    काठमाडौं। प्रधानमन्त्री एवम नेकपा...

    नेपाल सीमा हुँदै जैशका ३ आतंकवादी बिहार पसेको दावी

    पटना । विधानसभा चुनावअघि...

    रौतहटबाट चोरी भएको ट्रयाक्टर सर्लाहीमा फेला, दुई जना पक्राउ

    रौतहट । रौतहटको वृन्दावन...

    आफ्नो सिमा नजिक ट्रम्पले युद्दक बिमान पठाए पछि भेनेजुएलालाले खटायाे १४ हजार सैनिक

    काठमाडौं। अमेरिकामा लागुऔषध नियन्त्रणको...

    हाम्रो बारेमा

    सूचना तथा प्रशारण विभाग दर्ता नं  :३१८१


    कम्पनी रजिष्‍ट्रार दर्ता नं : २७१८३६


    प्रेस काउन्सिल दर्ता नं : ३१९२


    विज्ञापन बोर्ड दर्ता नं : ०१३४


    विज्ञापन एजेन्सी दर्ता नं : ०००२४५

     


    नेपाल नागरिक उड्डयन प्राधिकरण ड्रोन दर्ता नं : B/2025/085M


    जिल्ला प्रशासन कार्यालय दर्ता नं : ०४ 

    सामाजिक संजालमा हामी

    Baigyanik Media
    • Follow us on Twitter
    • Subscribe YouTube Channel
    • TikTok Follow us on Tiktok
    • Follow us on Instagram

    सम्पर्क

    वैज्ञानिक मिडिया प्रा.लि. द्वारा संचालित


          वैज्ञानिक मिडिया


    ठेगाना : बर्दगोरिया गाउँपालिका वडा नं. १ सडकपुर बौनियाँ, कैलाली, सुदूरपश्चिम प्रदेश, नेपाल


     इमेल : baigyanikmedia@gmail.com


    फोन : +9779804649834, +9779865727322


    विज्ञापनका लागि सम्पर्क : +9779858484833

     

    © 2025 Baigyanik Media All right reserved Site By : Himal Creation
    • हाम्रो बारेमा
    • सम्पर्क
    • हाम्रो टिम