
कैलाली । कैलालीको बौनियाँ बजारमा सरसफाइ गरिएको छ । मगलवार बिहान प्रहरीले बजार चोक परिसरमा सरसफाइ गरेका हुन् ।
बर्दगोरिया गाउँपालिकाको मुख्य बजारका रूपमा बौनिया बजारलाई चिनिन्छ । बजारको सुन्दरतालाई बचाउन आफुले गरेको फोहोर आफै सफा गर्नुपर्छ भन्ने सन्देश फैलाउन सरसफाई गरिएको प्रहरीहरु बताउँछन् । जाडो बाट बच्ने उपायहरु हीटर जलाएर बस्ने तरिका कुइरो लागेको समयमा सवारी साधन कसरी चलाउने र सडक कसरी काट्ने आगो ताप्दा ध्यान दिनुपर्ने कुराहरु समेत जानकारी गरिएको ईलाका प्रहरी कार्यालय बौनियाँका प्रहरी नायव नरीक्षक भगीरथ सिंह धामी वैज्ञानिक मिडियालाई जानकारी दिनु भयो ।
साथै आवत जावत गर्ने यात्रुका लागि बौनियाँ बजारको चोकमा दाउरा वितरण गरिएको थियो ।प्रहरीको टोलीले बजारमा सरसफाइ गरेको हो । बजार क्षेत्रमा फोहर देखिएपछि पर्यावरण सफा र स्वच्छ राखेर मानव अनुकुल बनाउन सरसफाइ गरिएको ईलाका प्रहरी कार्यालय बौनियाँका प्रहरी निरीक्षक महेश विक्रम शाहीले बताए ।