एकैदिन ५ हजारले बढयो सुनको मुल्य

काठमाडौं । सुनको मूल्य आज एकैपटक ५ हजार रूपैयाँले बढेको छ ।  जसअनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुनको मूल्य एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार हुने जानकारी दिएको थियो ।साथै, आज फेरी चाँदीको मूल्यमा पनि थोरै बृद्दी भएको छ । आज  तोलामा ५० रुपैयाँले बढेर प्रतितोला चाँदीको मूल्य एक हजार ९९० रुपैयाँमा कारोबार हुनेछ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?