कैलालीका पत्रकार टिकाराम साउँद दुई घण्टा नियन्त्रणमा, दुई जना पक्राउ

केही घण्टा पनि प्रहरी टोली पुगेर उनलाई छुटाएको थियो । पत्रकार साउँदलाई नियन्त्रणमा लिने भीम ऐर र केशव बोहरालाई प्रहरीले पक्राउ गरेको छ ।उनीहरूलाई पक्राउ गरि इलाका प्रहरी कार्यालय सुखड ल्याइएको प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वीरेन्द्र विश्वकर्माले जानकारी दिए । उनले आरएनसी टे«डिङमा आवश्यक कागजात समेत फेला नपरेको बताए । पत्रकार साउँद आफूलाई नियन्त्रण राख्नेहरू माथि कडा कारबाहीको माग समेत गरेका छन् । आज साउद सहित पत्रकार रमेश बम लोकुसिंह ठकुरी, खेम ढुङ्गाना र तपेन्द्र ढुङ्गाना पनि समाचार सङ्कलनमा गएका थिए । उनीहरु फर्किसकेपछि साउदलाई नियन्त्रणमा लिइएको थियो । उक्त घटनालाई पत्रकार महासंघले पनि भर्त्सना गरेको छ । पत्रकार महासङ्घ कैलालीका सदस्य कृष्ण प्रसाद ओझाले पत्रकारलाई नियन्त्रण राख्नेहरूलाई कडा कारबाहीको माग गरेका छन् । समाचारमा असहमति भए कानुनी उपचारका विधि हुँदा हुँदै पत्रकारमाथि जाइलाग्नेहरू विरुद्ध महासङ्घ कडा रुपमा प्रस्तुत हुने समेत उनले जनाए ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?