कैलालीको बर्दगोरियाका विवेक सोनीले बनाए ‘थ्री उइल पेट्रोल कार’

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं २ बौनिया बजार घर भएका विवेक सोनीले ‘पेट्रोल कार’ निर्माण गरेका छन्। लामो समयदेखि अनुसन्धानका क्रममा रहेका विद्यार्थी सोनीले सामग्री बटुलेर पेट्रोल कार निर्माण गरेका हुन्। ‘थ्री उइल कार’ नाम दिएर अनुसन्धानमा रहेका सोनीले निर्माण गरेको पेट्रोल कारलाई ‘थ्री उइल कार’ नाम दिएका छन्।विवेक सोनीले उक्त कार निर्माण गरेका हुन्। ‘लामो समय मैले सामाजिक सञ्जाल युट्युव लगायतका सोसल मिडियाबाट अनुसन्धान गरेर ‘थ्री उइल कार’ निर्माण गर्न सफल भएको छू,’विवेक सोनीले भने,‘ पछिल्लो छ महिना यता नियमित रुपमा काम गरेर यो कार निर्माण गर्न लागेको हूँ।’ अहिले सम्म ६० हजार देखि ६५ हजार सम्म निर्माण गर्दा रकम खर्च भएको सोनीले बताए। पेट्रोल कार बनाउनको लागि केही रकम बुवाले दिनु भयो भने केही रकम आफैं नास्ता खर्च बाट बचत गर्दै पेट्रोल कार बनाउन सफल भएको हुँ अझैं सिसा, ढोका, ब्याग गियर बनाउन बाँकी छ। उनले भने अबको एक महिनाभित्र सबै काम सम्पन्न हुने सोनीले बताए ।पेट्रोल कार निर्माणका लागि चाहिने सामग्री विभिन्न पसलमा गई किनेर ल्याउनुका साथै चाहिने अन्य सामग्री आफै निर्माण गरेको उनले बताए। घरपरिवारको आर्थिक सहयोग र विद्यालयको हौसलामाबाट आफूहरूले सो गाडी निमार्ण गरेको उनीहरूको भनाइ छ।उनीहरुले निर्माण गरेको गाडीमा चालकसहित नौं जना बोक्न सक्ने क्षमता छ। भने अहिले सो गाडीमा एउटा सीट मात्र राखिएको छ । ‘यो गाडीले अहिलेकै अवस्थामा ८ क्विन्टल सामान बोक्न सक्छ,’सोनीले भने,‘एक लिटर पेट्रोलले तीस किलो मिटर कुद्ने सक्ने उनीको भनाइ छ। मोटरसाइकल र मिनी ट्रक्टर र अटो रिक्साको समान उपयोग गरेर बनाएको सोनीले वैज्ञानिक मिडियासंगको कुराकानीमा भने । उनी पालिकाको बाँसकोटीमा रहेको महुन्याल माध्यामिक विद्यालय कक्षा १२ मा कंप्यूटर साइन्स विषय लिएर अध्ययनरत विद्यार्थी हुन् । पुरा भिडियो सहित

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?