कैलालीमा मनाईयो ३०१ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

कैलाली । पृथ्वीनारायण शाहको जन्म जयन्तीका अवसरमा बुधबार बर्दगोरिया गाउँपालिकामा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ। बडामहाराजधिराज पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माताका रुपमा लिने गरिएको छ । उनको जन्म सन् १७७९ मा भएको थियो भने मृत्यु सन् १८३१ मा भएको थियो ।

उनले स-साना बाईसे तथा चौबिसे राज्यहरुलाई एकीकरण गरेर नेपाल निर्माणको कामलाई शुरुवात गरेका थिए ।

यसै अवसरमा कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको नोबेल माध्यामिक विद्यालयले र्‍याली सहित एकता दिवस मनाएको छ । विद्यालय प्राङ्गण बाट निस्किएको र्‍याली बौनियाँ बजार परिक्रमा गरि कोण सभामा परिणत भएको थियो । प्ले कार्ड सहित र्‍यालिमा निस्केका विद्यार्थीहरुले ३०१ औ राष्ट्रिय एकता दिवस सफल पारौं, पृथ्वीनारायण शाह अमर रहुन,घुस लिने दिने सबै दोशी हुन,म मरे पनि मेरो देश बाचिरहोस जस्ता नारा लगाएका थिए । बिगत केही बर्ष नेपाल सरकारले पृथ्वीनारायण शाहको जन्म जयन्तिका दिदै आएको सार्बजनिक बिदा कटौती गरे पनि पुनः यश पटक नेपाल सरकारले आज देश तथा बिदेशमा रहेका सरकारी कार्यालयहरुमा सार्बजनिक बिदा दिएको छ । कोण शभामा विद्यालयका विद्यार्थी यज्ञस्वरी खडका र सुमन भण्डारीले बोलेका थिए ।

यसै गरि राष्ट्रिय भुतपुर्व कर्मचारी संगठन बर्दगोरिया गाउँपालिका र हिन्दु जागरण नेपालले पनि पृथ्वीनारायण शाहको जन्म जयन्तीको अवसरमा पृथ्वीनारायण शाहको फोटोमा माल्याअर्पण र अबिर लगाएर मनाएको छ । देश निर्मातालाई सबैले सम्झनु पर्ने र सबै एकजुट भएर लाग्नु पर्ने एक आवाज उठेको छ ।

 

पृथ्वीनारायण शाहका केही महत्त्वपूर्ण भनाई ।

१. खानी भएको ठाउँमा गाउँ भएपनि गाउँलाई अन्यत्र सार्नुपर्छ र खानी चलाउनुपर्छ र उब्जनी योग्य जमिनमा भएको घर भत्काएर भएपनि त्यहाँ खेतीपाती गर्नुपर्छ ।

२. अदालतको पैसा दरवारमा नलैजानु र त्यसको सदुपयोग जोगी र सन्यासीलाई भोजन गराउनु ।

३. मुलुकमा अन्याय हुन कहिल्यै नदिनु ।

४. सुरक्षानिकाय र जनप्रतिनिधि सधैँ बफादार हुनुपर्छ ।

५. जनता मोटाउनु भनेको दरवार बलियो हुनु हो ।

६. सानो दुःखले आर्जेको मुलुक होइन, सबै मिलेर मुलुकको रक्षा गर्नुपर्छ ।

७. नेपाल दुई ढुंगाबीचको तरुल जस्तै हो, छिमेकीसँग सतर्क रहनु ।

८. काठमाडौं निकै संवेदनशील क्षेत्र हो, सिमानामा सुरक्षा व्यवस्था कडा गर्नु ।

९. सधैँ गुणको होइन, नुनको पछि लाग्नु ।

१०. आफ्नो संस्कृतिको संरक्षण र जगेर्ना गर्नु अत्यावश्यक छ ।

११. घुस लिन्या र दिन्या दुबै राष्ट्रका शत्रु हुन् ।

१२. यो मुलुक चार जात छत्तिस वर्णको साझा फूलबारी हो ।

१३. राष्ट्रिय उद्योगको विकास गर, विदेशमा आफ्ना सामान निर्यात गर ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?