कोइली भुरुवा ग्रामीण विद्युतको १८ औं साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा रहेको कोइली भूरुवा ग्रामिण विद्युत सहकारी संस्था लिमिटेडको को १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

 

 

सहकारी संस्थाले शनिबार आर्थिक वर्ष २०८०/२०८०/१ काे वार्षिक साधारण सभा सम्पन्न गरेको हो।

 

 

 

संस्थाका अध्यक्ष विकट लाल डगौराको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका पूर्व मन्त्री कैलाली क्षेत्र नं २ (ख) का प्रदेश सांसद रामेश्वर चौधरी रहेका थिए ।

 

 

 

यस्तै विशिष्ट अथितिमा बर्दगोरिया गाउँपालिका वडा नं ५ का वडाध्यक्ष भोले राम चौधरी रहेका थिए ।

 

 

कार्यक्रममा संस्थाका सचीव हरिराम डगौराले आर्थिक वर्ष २०८०÷०८१ को करिब २० लाख ५४ हजार ६ सय ४१ रुपैया ५३ पैसा बराबरको आर्थिक प्रतिबेदन प्रस्तुत गरिएको थियो ।

 

 

 

सोही कार्यक्रमा पूर्व अध्यक्ष राम चन्द्र कठरिया, पूर्व गाविस अध्यक्ष रामनारायण थारु, सरस्वती आधारभूत विद्यालयका प्रअ राम चन्द्र कुस्मी, सुभ प्रभात कृषि सहकारी संस्थाका अध्यक्ष बाल चन्द्र कठरिया, भलभान्सा रबर सिंह कठरिया, पूर्व भलभान्सा भजनलाल कठरिया र अमर सिंह राना लगाएतका अतिथिहरुको सहभागीता रहेको थियो।

 

 

 

संस्थाका उपाध्यक्ष सिंह बहादुर चाैधरीको स्वागत मन्तव्य सङ्गै शुरू भएको कार्यक्रमको संचालन संस्थाका सचीव हरिराम डगौराले गरेका थिए । हाल सम्म उक्त संस्थामा ३ सय ९२ जना शेयर सदस्यहरु आवद्ध रहेका छन्।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?