
काठमाडौं । नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्दैँछ । हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आज कुवेतसँग प्रतिस्पर्धा गर्न लागेको हो । हङकङस्थित टिन क्वाङ रोड रिक्रिएसन ग्राउन्डमा हुने यो खेल नेपाली समयानुसार बिहान ६ः४५ बजेबाट सुरु हुनेछ । हिजाेकाे खेलमा नेपालले कतारलाई ८ विकेटले पराजित गरेर सुरूवाती पर्फोमेन्स नै राम्रो गरेको थियो । बुधबार कतारले जितका लागि दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा जम्मा २ विकेट गुमाउँदै पूरा गरेको थियो । यो चारदेशीय टी–२० आई सिरिजको तेस्रो खेल हो ।