गणतन्त्र विरोधीहरु दिवासपना देखेर भ्रम छर्दै छन : नेता पोखरेल

महोत्तरी ।  गणतन्त्र विरोधीहरुले ७ गते राखेको कार्यक्रम भ्रमपुर्ण भएको माओवादी केन्द्रका केन्द्रिय सचिव लीलामणि पोखरेलले वताएका छन । देश कंगाल बनाएकाहरुले पैसा देखाएर मान्छे बटुल्ने काम मात्र भएको नेता पोखरेलको भनाई छ । `नेपालको राजनिती प्रणाली र मौलिकतामा हस्तक्षेप गर्ने खोज्नेहरुले लगानी गरेको पनि हामीले सुनेका छौ ।´ सचिव पोखरेलले भने । `यो उनिहरुको दिवा सपना मात्र हो ।´

नेपालमा गणतन्त्रको विरोध गर्न भारतिय विजेपीका नेताहरुले समेत चलखेल गरेको उन्ले खुलासा गरे । विजेपीका नेताहरुले नेपालको आन्तरिक मामलामा हस्तक्षेप गरेको ठोकुवा गर्दै नेपाली जन्ताहरु यसतर्फ गम्भीर वन्नुपर्ने  नेता पोखरेलको धारणा छ । राजनिती परिवर्तन गरि विकास गर्ने भन्ने आफैमा भ्रमपुर्ण भएको र २३८ बर्ष सम्म नेपाली जन्तालाई ठगेर थुपारेको पैसाले अहिले चलखेल गर्न खोजेको उन्को आरोप छ ।

 

 

 

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?