गौरीगङ्गाकी २७ वर्षीया युवती हत्या प्रकरणमा ३ जना पक्राउ

कैलाली: कैलालीको गौरीगङ्गा नगरपालिका– १ स्थित केदारेश्वर सामुदायिक वनमा जेठ १९ गते २७ वर्षीया कविता बुढा गाल्डोमा पुरीएकी अवस्थामा मृत फेला परिन् ।

 

बुढाका परिवारले उनी हराएको भन्दै गत साताको सोमबार खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए । तर उनको हत्या परिवारकै सदस्यले गरेको प्रहरी अनुसन्धानबाट खुलासा भएको छ ।प्रहरी अनुसन्धानबाट उनै सासू–ससुराले मिलेर बुहारीको हत्या गरेको खुलेको हो । सो घटनाको प्रारम्भिक अनुसन्धान सकिएको भन्दै कैलाली प्रहरीले घटनामा संलग्न ३ जना आरोपितलाई सार्वजनिक गरेको छ ।

 

घटनाका आरोपित गौरीगंगा नगरपालिका–१ गोप्का बस्ने ५२ वर्षीय डिल्लीसिंह बुढा ९मृतककी ससुरा०, उनकी पत्नी ५० वर्षीया लहरी बुढा (सासू) र भजनी नगरपालिका– ४ बस्ने ४१ वर्षीय जयवीर बुढालाई पक्राउ गरेर सार्वजनिक गरिएको हो ।

 

प्रहरीका अनुसार आफ्नै घरको भान्साकोठामा मृतक कविता रोटी पकाइरहेको अवस्थामा ९ससुरा० डिल्लीले उनलाई पछाडिबाट टाउकोमा चिर्पट दाउराले हिर्काई हत्या गरेका थिए । डिल्ली र उनकी पत्नी (लहरी) ले मिलेर हत्यापश्चात् लासलाई डोकोमा हाली घरभन्दा अन्दाजी ३ किलोमिटर टाढाको केदारेश्वर सामुदायिक वनमा लगी खाल्डो खनेर लासलाई गाडेका थिए ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?