घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहिबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार सुन एक लाख ९४ हजार ४ रुपौयाँमा कारोबार भएको थियो ।

 

 

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी दुई हजार २७० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार चाँदी २ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो । आज दश ग्राम सुनको मूल्य एक लाख ६५ हजार ९८० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार ९ सय ४६ रुपैयाँ रहेको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?