घोडाघोडीको विकास र ताललाई चिनाउन महोत्सव (भिडियो सहित)

 कैलाली । विश्व रामसार सूचीमा सूचीकृत पर्यटकीय क्षेत्र घोडाघोडीको प्रचारप्रसार र स्थानीय कला सास्कृतिकको संरक्षण गर्ने उद्देश्यले कैलालीको घोडाघोडी नगरपालिका-१ सुखडको हेलि प्याडमा घोडाघोडी महोत्सव हुने भएको छ । “कला संस्कृतिक कृषि, पर्यटन र व्यापार ,समृद्ध घोडाघोडी विकासको अधार’ भन्ने मुल नाराका साथ फागुन १८ गते देखि २८ गते सम्म घोडाघोडी महोत्सव २०७९ आयोजना हुन लागेको हो । घोडाघोडी उद्योग वाणिज्य संघको आयोजनामा घोडाघोडीको पर्यटन प्रवर्द्धनका लागि महोत्सव आयोजना गर्न लागिएको आयोजक घोडाघोडी उद्योग वाणिज्य संघले जानकारी दिएको छ । मुल आयोजक समितिका संयोजक तथा उद्योग वाणिज्य संघ अध्यक्ष दुर्गा दत्त जैशी गौतमले घोडाघोडी क्षेत्रको विकासका लागि महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए । उनले भने, ‘महोत्सव हेर्न पुग्नेहरुले घोडाघोडी तालको पनि अवलोकन गर्छन ।’ महोत्सवमार्फत ताल क्षेत्रको प्रचारप्रसार गरिने उनको भनाइ छ । १० दिन सम्म सञ्चालन गरीने महोत्सवमा करीब २८ देखि ३० लाख खर्च र सोही अनुसारको आम्दानी रहने अनुमान गरिएको आयोजकको दावी छ । उक्त महोत्सवलाई सहयोग गरी दिन समेत आयोजकले सबैलाई आग्रह गरेको छ । महोत्सव अवलोकनका लागी विद्यार्थीका लागी ५० र अन्य सर्बसाधारणका लागी ८० रुपैयाँका दरले टिकट दस्तुर लाग्ने आयोजकले जनाएको छ । सन् २००३ मा विश्व रामसार क्षेत्रमा समेटिएको घोडाघोडी ताल नेपालकै सबैभन्दा ठूलो सिमसार क्षेत्र हो । भिडियो सहित

 

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?