
हेटाैडा । गणतन्त्र दिवस, २०८२ को अवसरमा बागमती प्रदेश सरकारले चेपाङ समुदायका पहिलाे पत्रकार नेपाेलियन चेपाङलाई विकास पत्रकारिता पुरस्कारबाट सम्मान गरेको छ ।हाल राेडम्याप न्युज डटकमसङ्ग आबद्ध चेपाङ विगत २० वर्षदेखि पत्रकारिता पेशामा निरन्तर लागिरहेका चेपाङलाई हेटौंडामा आयोजना भएको गणतन्त्र दिवस समारोहमा नगद २५ हजारसहित सम्मान गरिएको हो ।प्रदेश प्रमुख दिपक प्रसाद देवकोटा, मुख्यमन्त्री बहादुरसिँह लामा, आन्तरिक मामिलामन्त्री सुरजचन्द्र लामिछानेले चेपाङलाई सम्मान गरेका हुन । गाेरखापत्र संस्थानबाट प्रकाशित बहुभाषा पृष्ठमा चेपाङ भाषाकाे पृष्ठ संयाेजक समेत हुन् ।