
कैलाली। कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा रहेको सहयोगी बेलुवा युवा क्लबले निर्माण गर्न लागेको चलचित्र बर्बाद सुटिङ्ग सुरु भएको छ । आइरबारका बाट सुटिङ्ग हुन सुरु लागेको चलचित्र लागुऔषध बिरुद्ध रहेको क्लबका अध्यक्ष महेश रावलले जानकारी दिएका छन् । बैशाख १९ गतेका दिन सार्बजनिक गरिएको बर्बाद चलचित्रको क्यामेरामेन तथा इडिटर थिरेन्द्र बडुवाल, लेखक तथा निर्देशन सुनिल भण्डारी, व्यवस्थापक क्लबका अध्यक्ष महेश रावल र सह-क्यामेरामेनमा क्लबका कोषाध्यक्ष बिनोद थापा रहनु भएको छ । बर्बाद चलचित्रमा अभिनय गर्ने कलाकारले निःशुल्क रुपमा काम गरेको क्लवका अध्यक्ष रावलले बताए। क्लवका सल्लाहकार सदस्य विकास थापाले क्यामेरालाई पुजा गरि सुटिङ्ग सुरु भएको चलचित्रको बिषय बस्तुमा लागुऔषधलाई कसरी अन्त गरिन्छ भन्ने निर्देशन तथा लेखक सुनिल भण्डारीले जानकारी दिएका हुन।
क्यामेरामेन थिरेन्द्र बडुवालका अनुसार छिटै दर्शक माझ ल्याउने प्रयास रहेको बताए । हामीले चलचित्र लाई कसरी राम्रो बनाउने हामी प्रयास गर्दै छौ। यस भन्दा अघि हामीले धेरैको मनमा बस्न सफल भएको छोटो चलचित्र दलदल निर्माण गरेका हौ। हामी लाई आशा छ जसरी दलदल चलचित्रलाई माया गर्नु भयो त्यसैगरी हाम्रो लागुऔषध बिरुद्ध छोटो चलचित्र बर्बाद लाई पनि माया गर्नुहुन्छ भन्ने आशा राखेका छौ।
क्लबका अध्यक्ष महेश रावलका अनुसार हामीले स्थानीय तह बाट साथ र सहयोग पाहिरहेका छौ। यो चलचित्र करिब ३ दिन सम्म सुटिङ्ग रहने बताएका छन् ।