जय महाकाली ग्रामीण विद्युत सहकारी संस्थाको ११ औं चुनावी वार्षिक साधारण सभा एवम भवन उद्घाटन कार्यक्रम सम्पन्न

बौनियाँ । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ बौनियामा रहेको जय महाकाली ग्रामीण विद्युत सहकारी संस्थाको ११ औं चुनावी वार्षिक साधारण सभा एवम भवन उद्घाटन कार्यक्रम मगंलबार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष हिकमत बहादुर बमको सभापतित्वमा भएको कार्यक्रममा बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण वहादुर कुँवर प्रमुख अतिथि रहेका थिए । यस्तै,बिशिस्ट अतिथिमा बर्दगोरिया गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतम र वडा नम्बर २ का वडा अध्यक्ष गोविन्द विक रहनु भएको थियो। कार्यक्रममा नेपाली कांग्रेस पार्टी बर्दगोरिया गाउँपालिकाका सभापति कृष्ण विष्ट, नेकपा एमाले पार्टी बर्दगोरिया गाउँपालिकाका अध्यक्ष मधुकर सिजापति, राप्रपा पार्टीका नवीन जोशी र माओवादी पार्टी बर्दगोरिया गाउँपालिकाका अध्यक्ष राम बहादुर साउँद लगायतले शुभकामना मन्तव्य राखेका थिए ।कार्यक्रममा आर्थिक वर्ष २०७७/७८ को कुल १ करोड ५ लाख ९१ हजार १ सय ७४ रुपैयाँ ४५ पैंसा आयब्यय अनुमोदन गरिएको छ । जेष्ठ नागरिकलाई सम्मान गरिएको संस्थाले जनाएको छ ।

संस्थाका सदस्य झिरकुल दमाईले स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमको संचालन सस्थाका प्रबन्धक विष्णु जोशीले गरेका थिए । संस्थामा अहिले सम्म ९०३ उपभोक्ता रहेका छन् ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?