जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

कैलाली। धनगढी उपमहानगरपालिका–३ भाटभटेनीबाट १३ जुवाडे पक्राउ परेका छन ।

 

 

 

प्रहरीका अनुसार ४० वर्षीय खडक कुँवरले संचालन गरेको सुदुरपश्चिम रेष्टुरेण्ट एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा कुँवर समेत १३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।

 

 

 

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १२ हजार ३ सय २० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

 

 

 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?