
काठमाडौँ । कैलालीको टीकापुर विमानस्थलमा पुनः परीक्षण उडान गरिएको छ । सोमबार नेपाल वायुसेवा निगम र तारा एयरलाइन्सको जहाजले टीकापुर विमानस्थलमा परीक्षण उडान गरेको हो ।संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियमित उडान गर्ने लक्ष्यसहित परीक्षण उडान गरेको जनाएको छ । परीक्षण उडानमा नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुल, क्याप्टेन महेश विष्ट, उज्ज्वल सिलवाल, इन्जिनियर सम्राट् प्रधान लगायत प्राविधिक टोली सहभागी थिए ।२०४१ सालदेखि एक दशकसम्म हवाई सेवा सञ्चालन गरिएको थियो भने त्यसपछि बन्द अवस्थामा थियो । सोमबारको परीक्षण उडानले टिकापुर विमानस्थलबाट नियमित उडान हुने विश्वास गरिएको छ ।यस क्षेत्रका प्रतिनिधिसभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरूले टिकापुर विमानस्थलबाट नियमित उडान हुनुपर्ने माग संघीय सरकारसँग राखेका छन् ।