ताइवानका राष्ट्रपतिको उम्मेदवार माथी भ्रष्टचारको अभियोग

ताइपेई। ताइवानका पूर्व राष्ट्रपतिका उम्मेदवारमाथि भ्रष्टाचारको आरोप लागेको छ ।ताईवानका लागि राष्ट्रपतिका उम्मेदवार वेन जे माथी भ्रष्टचारको आरोप लागेको होृ ।कुनै समय ताइवानको राजनीतिमा उदाउँदो ताराको रुपमा मानिएका राष्ट्रपति पदका दावेदार वेन माथी बिहिवार भ्रष्टाचारको अभियोग लगाइएको छ ।

 

६५ वर्षीय वृद्धलाई ताइपेईको मेयर हुदाँको बखतमा आफ्नो कार्यकालमा घर जग्गाको कारोबारमा आधा मिलियन डलर घुस लिएको र जनवरीमा राष्ट्रपतिको दौडमा चुनावी अभियानको वित्तिय बारे गलत जानकारी दिइएको आरोप पत्रमा उल्लेख छ ।अभियोजकहरूले २८.५ वर्षसम्मको जेल सजायको माग गरिरहेका छन ।

 

भ्रष्टचारको सो अभियोगले उसले प्रतिनिधित्व गर्ने राजनीतिक आन्दोलनलाई एउटा महत्त्वपूर्ण धक्का दिने जनाइएको छ । जसले सत्तारुढ डेमोक्र्याटिक पीपुल्स पार्टी र मुख्य विपक्षी कुओमिन्ताङको विकल्प खोजिरहेका मतदाताहरू यसअभियोगवाट निराश भएका छन ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?