दोदोधरा ग्रिनल्याण्ड इंग्लिश बोर्डिङ्ग स्कूलमा सांस्कृतिक तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न (तस्विरहरू)

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं ३ खैरेनी स्थित दोदोधरा ग्रिनल्याण्ड इंग्लिश बोर्डिङ्ग स्कूलमा सोमबार सरस्वती पूजा , नयाँ भर्ना सांस्कृतिक कार्यक्रम सहित पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । स्कुलले सप्ताह व्यापी कार्यक्रममा भाग लिएका विद्यार्थीहरूलाई विभिन्न खेलकुद लगायत अतिरिक्त क्रियाकलाप सँगै उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो ।स्कुलका अध्यक्ष चक्र बहादुर विष्टको सभाध्यक्षमा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रमहरू गरेका थिए । बर्दगोरिया गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष मनऋषि आचार्यकाे प्रमुख अतिथिमा सम्पन्न कार्यक्रममा विद्यालयकी लेखापाल पुष्पा पुन मगरले स्वागत गरेकी थिइन् । कार्यक्रममा विशिष्ट अतिथि कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्मा र बर्दगोरिया गाउँपालिका वडा नं ३ की वडा सदस्य तथा न्यायिक समिति सदस्य बसन्ती साउँद रहनु भएको थियो। अतिथिहरूमा वडा सदस्य राम बहादुर चौधरी, वडा सदस्य भावना देवी विक, राप्रपा अध्यक्ष लीलाधर ओली, जगदम्बिके भगवती माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिलन ओली, जगदम्बिके भगवती माध्यामिक विद्यालय प्र. अ. दिलराज गौतम, एन. टी. वि. एस. इंग्लिश बोर्डिङ्ग स्कूलका संस्थापक नवराज टमटा र राम जानकी संरक्षण समितिका अध्यक्ष शिवराज गौतम लगायतले कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए । गुणस्तरीय शिक्षामा सदैव अब्बल देखिएको खैरेनी स्थित दोदोधरा ग्रिनल्याण्ड इंग्लिश बोर्डिङ्ग स्कूलमा १ सय २० जना भन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन् भने १० जना बढी शिक्षक तथा कर्मचारी रहेका छन् । कार्यक्रमको सञ्चालन विद्यालयका प्रिन्सिपल सुन्दर गौतमले गर्नु भएको थियो।  

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?