
कैलाली । बर्दगाेरिया गाउँपालिका वडा न:- ४ नौनियाँमा रहेको नमुना ग्रामीण बिद्युत सहकारी संस्थाको १७ औँ वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष महावीर साउँदको सभापतित्वमा भएको कार्यक्रममा बर्दगाेरिया गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बहादुर शाही प्रमुख अतिथि रहनुभएको थियो ।
संस्थाका अध्यक्ष महावीर साउँदले आर्थिक वर्ष २०७९/०८० को करिब ४७ लाख १ हजार २ सय २ रूपैयाँ ४१ पैंसा बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा नेपाली काँग्रेस पाटीका पाटी प्रतिनिधी
भरत कुमार शाही, नेकपा एमाले पार्टी प्रतिनिधि बृर्जलाल चौधरी,
माओवादी पार्टी प्रतिनिधि कल रोकाया बोहरा,समाजवादी पार्टी प्रतिनिधि दिल बहादुर विक,
सिर्जनशील ग्रामीण विद्युत सहकारी संस्थाका अध्यक्ष देवानन्द जैशी, कालीका माध्यामिक विद्यालयका प्रधानाध्यापक उदय सिंह वीसि,
पुरैना सामुदायीक वन उपभोक्ता समूहका अध्यक्ष मान सिंह साउँद, कालीका माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेक बहादुर कामी,
इन्द्रेणी युवा क्लवका अध्यक्ष मान वहादुर साउँद, नवदुर्गा कृषि सहकारी संस्थाका अध्यक्ष केशव साउँद लगायतको उपस्थिति थियो। संस्थाकी कोषाध्यक्ष नन्दकली खनालको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव वीरेन्द्र बहादुर ठाडाले गर्नुभएको थियो। यस संस्थामा अहिले सम्म ६८० जना उपभोक्ता रहेका छ्न् । वार्षिक साधारण सभामा उपभोक्ताको उल्खनिए उपस्थिती रहेको थियो । कार्यक्रममा आएका अतिथिहरु र उपभोक्ताले संस्थाले उपभोक्ताको हितमा काम गरेको भनेर प्रशंसा सबैले गरेका थिए । संस्थाले एक कट्टा जमीन भवन निर्माण गर्नको खरिद गरको छ । त्यस्तै आज नयाँ कार्य समिति समेट चयन गरिएको छ ।