
कैलाली । बर्दगाेरिया गाउँपालिका वडा न ४ नौनियाँमा रहेको नमुना ग्रामीण बिद्युत सहकारी संस्थाको १९ औँ वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष भीम सिंह सार्कीको सभापतित्वमा भएको कार्यक्रममा बर्दगाेरिया गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष जगत बहादुर शाही प्रमुख अतिथि रहनुभएको थियो ।
संस्थाका प्रबंधक डिल बहादुर सावदले आर्थिक वर्ष २०८०/०८१ को करिब ४३ लाख ८ हजार ४ सय ४ रूपैयाँ ४६ पैसा बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा कालीका माध्यामिक विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष टेक बहादुर कामी, लगायतको उपस्थिति थियो। संस्थाका सदस्य मोती साउदको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव वीर वहादुर साउँदले गर्नुभएको थियो। यस संस्थामा अहिले सम्म ७३४ जना उपभोक्ता रहेका छ्न् । कार्यक्रममा आएका अतिथिहरु र उपभोक्ताले संस्थाले उपभोक्ताको हितमा काम गरेको भनेर प्रशंसा सबैले गरेका थिए ।