
नवलपरासी। पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा न. ७ गुठी सूर्यपुरा बजार स्थित एक पुरुषको शव मृत अबस्थामा फेला परेको छ ।
सोमबार बिहान गुठी सुर्यपुरा बजार स्थित रहेको दुर्गा मन्दिरको प्रतिक्षालय भित्र ६५ वर्षको पुरूष मृत अबस्थामा शव फेला परेको हो । मृत शवको पहिचान हुन सकेको छैन ।
व्यक्ति मृत अवस्थामा रहेको छ भन्ने स्थानिय मार्फत प्रहरी चौकी गुठि प्रसौनिमा खबर प्राप्त हुना साथ प्रहरी चौकीबाट प्र.स.नि. बिकाउ साहको कमाण्डमा टोली खटिगई हेर्दा बाहिरी घाउ चोटपटक तथा संकास्पद नदेखिएको पछि थप अनुसन्धानको लागी इलाका प्रहरी कार्यालय बेलाटारीबाट प्रहरी निरीक्षक श्याम प्रकाश यादवको कमाण्डमा SOCO टोली खटि अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ ।
स्थानियसंग बुझ्दा मृतक मागी खाई हिड्ने ६/७ दिन अगाडी देखी नै मन्दिरमा बस्दै आएको भारतिय नागरिक रहेको भन्ने बुझिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक भेजराज पाण्डेले बताउनुभयो ।