
नवलपरासी । परासी- महेशपुर सडक खण्डकाे परसियामा स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ ।
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वाड नं ३ परसिया निवासी बिर्जु तेली गुप्ताले आफै चलाई रहेकाे यूपी ५६ एडी ३८२३ नम्बरको स्कुटीमा मल लिई खेतमा जाने क्रममा अचानक चक्कर लागी स्कुटी आफै अनियन्त्रित भई बाटो छेउको कुलोमा खस्न जादा उनकाे घटनास्थलमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
पारिवारिक स्रोतका अनुसार उनी पहिले देखिनै बल्ड प्रेसर र मुटु सम्बन्धी बिरामी रहेको बुझिएको हो । मुचुल्का लगायत प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न पश्चात पोष्टमार्टमका लागी पृथ्वी चन्द्र अस्पताल परासी लगिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिनुभयो ।