निशुल्क एक दिने दन्त परिक्षण शिविरमा २८० जनाले सेवा लिए(भिडियो सहित)

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं ४ को वडा कार्यालयमा शनिबार निशुल्क एक दिने दन्त परिक्षण शिविर सम्पन्न भएको छ ।शनिबार बर्दगोरिया गाउँपालिका वडा नं ४ को आयोजनामा आयोजित दन्त शिविरमा २८० जनाले सेवा लिएको वडा अध्यक्ष जगत बहादुर शाहीले जानकारी दिनुभयो ।मालिका डेन्टल सेवा प्रा.लि सडकपुर,बौनियाँको सहयोगमा आयोजित शिविरमा वडा भरिका बृद्धबृद्धा युवा-युवती बालबालिकाहरुको सहभागिता रहेको थियो । एक दिने दन्त परीक्षण शिविरमा आएका जनताहरूले सामाजिक कार्यहरुमा गरेको योगदान प्रसंशनीय रहेको वडाका जनप्रतिनिधि र मालिका डेन्टल सेवा प्रा.लि सडकपुर,बौनियाँका डेन्टल हाइजेनिस्ट CDS केशव शाही लाई गरीब जनताको साथी बनेको भन्दै सेवा लिन पुगेका जनताहरूले धन्यबाद दिए । निशुल्क एक दिने दन्त परिक्षण शिविरमा दन्त रोग बिशेषज्ञ पर्ज्ञा मल्लले सेवा दिन पाउँदा खुशी भएको बताइन् ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?