
काठमाडौं। नेपाल बैंक लिमिटेड र अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टरबीच स्वास्थ्य सेवामा सहुलियत दिने सम्झौता भएको छ।सम्झौता अनुसार, नेपाल बैंकका कर्मचारी र खाता भएका ग्राहकले ब्लड टेस्ट, युरिन टेस्ट, एक्स–रेलगायत प्याथोलोजी सेवामा छुट पाउने छन्। साथै, औषधि खरिदमा ७ देखि २० प्रतिशतसम्म छुट र निःशुल्क होम डेलिभरी सेवा समेत उपलब्ध हुनेछ।
सम्झौतामा नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र अल्फा हेल्थका ल्याब निर्देशक डा. आभाष कोइरालाले हस्ताक्षर गरेका हुन्।यो सहकार्यले बैंकका कर्मचारी तथा सेवाग्राहीको स्वास्थ्य सेवामा पहुँच अझ सहज र किफायती हुने अपेक्षा गरिएको छ।