पर्सा प्रहरी मधेशमै उत्कृष्ट, एसपी गौतम मिश्रको नेतृत्व

मधेश प्रदेश। मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरद्वारा कार्यसम्पादन तथा मूल्यांकनको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा प्रदेशमै सर्वोत्कृष्ट कार्यालय घोषित भएको छ। कार्यालयको यो सफलता हालका प्रहरी प्रमुख एसपी  गौतम मिश्रको सक्षम नेतृत्व र प्रतिबद्धतापूर्ण प्रहरी सेवाको परिणामस्वरूप सम्भव भएको हो। एसपी मिश्रको कुशल नेतृत्व र मातहतका प्रहरी अधिकारीहरू अहोरात्र खटेर उक्त सफलता प्राप्त गरेको हो ।

 

उत्कृष्ट कार्यसम्पादनमा पर्सा पहिलो
४० वटा सूचकहरूमा आधारित कार्यसम्पादन मूल्यांकनमा पर्सा प्रहरीले ९०।१९ प्रतिशत अंक प्राप्त गर्दै मधेश प्रदेशका अन्य ८ जिल्लालाई पछि पारेको हो। यो कार्यसम्पादन मूल्यांकन प्रहरी संगठनभित्र पारदर्शिता, जवाफदेहिता र नतिजा–मुखी कार्यशैलीलाई प्रोत्साहन गर्ने उद्देश्यसहित सन् २०७७ सालदेखि सुरु गरिएको हो। पर्सा जिल्ला पहिलो पटक यस मूल्यांकनमा शीर्ष स्थानमा उक्लन सफल भएको छ।

प्रमुख उपलब्धिहरू
तस्करी नियन्त्रणमा ठूला सफलता:  

पर्सा प्रहरीले एसपी मिश्रको नेतृत्वमा लगभग ६० करोड रुपैयाँ बराबरका चोरी, तस्करी तथा भन्सार छलीका सामग्री नियन्त्रण गरी सम्बन्धित निकायमा बुझाएको छ। यसबाट मुलुकको आर्थिक सुरक्षामा पनि उल्लेखनीय योगदान पुगेको छ।

 

फरार प्रतिवादी पक्राउमा कीर्तिमानः विभिन्न अदालतबाट फैसला भई फरार रहेका १,५११ जना प्रतिवादी पक्राउ गरी ७३ वर्ष २ महिना कैद र ३ करोड ५५ लाख रुपैयाँभन्दा बढी जरिवाना असुल गरिएको छ। यो परिणामले मुलुकमा कानूनको कार्यान्वयनप्रति पर्सा प्रहरीले देखाएको गम्भीरता झल्काउँछ।

 

लागुऔषध नियन्त्रणमा शून्य सहिष्णुता नीतिः जिल्लामा ६२४ केजी चरेस, १,५६१ केजी गाँजा, १।५९ केजी अफिम लगायतका लागुऔषधसहित १५३ जना कारोबारी पक्राउ परेका छन्। पछिल्लो ठूलो सफलता ३१९ केजी चरेससहित ट्रक र अभियुक्त पक्राउ हुनु हो, जसले मुलुकभित्रको संगठित लागुऔषध कारोबारमा ठुलो चोट पुर्‍याएको छ।

 

मानव बेचबिखन र गम्भीर अपराध नियन्त्रणमा अग्रसरताः पर्सा प्रहरीले १२ वटा मानव बेचबिखन सम्बन्धी मुद्दा दर्ता गरी १३ जना अभियुक्तलाई कानुनी दायरामा ल्याएको छ। साथै, कर्तव्य ज्यान जस्ता गम्भीर प्रकृतिका मुद्दामा समेत उच्च तहको अनुसन्धान गर्दै उल्लेखनीय सफलता हासिल गरेको छ।

 

प्रहरी संगठन सुदृढीकरणमा नेतृत्व
एसपी मिश्रले कार्यालयको भौतिक पूर्वाधार, सौन्दर्यीकरण र प्रहरीका लागि प्रेरणादायी वातावरण निर्माणमा समेत ध्यान दिएका छन्। उनले प्रहरी कर्मीहरूको मनोबल अभिवृद्धि गर्न तथा जनमैत्री प्रहरी सेवा प्रवाह गर्न विभिन्न सुधार कार्यक्रम सञ्चालन गरेका छन्।

 

सामाजिक सद्भाव र शान्ति सुरक्षामा नेतृत्व
धार्मिक तथा सांस्कृतिक पर्वहरूमा शान्ति र सौहार्द कायम गर्न एसपी मिश्रको भूमिका विशेष रहँदै आएको छ। हनुमान जयन्ती, गहवामाई रथ यात्रा तथा मोहरमका अवसरमा योजनाबद्ध सुरक्षा रणनीति लागू गर्दै उनले कुनै पनि अप्रिय घटना हुन नदिई ‘सक्षम कमान्डर’ को परिचय दिएका छन्।
नतिजामुखी प्रहरी प्रणालीको उदाहरण
पर्सा प्रहरीको यो सफलता केवल तथ्यांकमा सीमित छैनस यसले नतिजामुखी, जवाफदेही र नागरिकमैत्री प्रहरी व्यवस्थाको सम्भावना देखाएको छ। मधेश प्रदेशजस्तो चुनौतीपूर्ण भौगोलिक, सामाजिक र सीमावर्ती क्षेत्रभित्र अपराध नियन्त्रण, कानून कार्यान्वयन र जनसुरक्षा सुनिश्चित गर्नु कुनै सामान्य उपलब्धि होइन। एसपी मिश्रको प्राविधिक नेतृत्व, द्रुत निर्णय क्षमता र संगठनप्रति प्रतिबद्धता यस सफलता पछाडि प्रमुख तत्व बनेको देखिन्छ।

 

पर्सा जिल्ला प्रहरी कार्यालयको यो सफलता मुलुकका अन्य जिल्लाका प्रहरी निकायहरूका लागि प्रेरणा बन्न सक्छ। दक्ष नेतृत्व, प्रतिबद्ध कार्यशैली र नागरिक सँगको समन्वयमा आधारित प्रहरी प्रणालीको निर्माण सम्भव छ भन्ने उदाहरण पर्सा प्रहरी बनेको छ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?