
काठमाडौं । पिएसजी युइएफए च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ ।गएराती सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा आर्सनललाई २–१ गोल अन्तरले पराजित गर्दै समग्रमा ३–१ को नतिजा सहित पिएसजी च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो ।यसअघि पहिलो लिगमा पिएसजीले आर्सनललाई १–० ले पराजित गरेको थियो ।पिएसजीको जितमा फाबियन रुइज र अश्चरफ हाकिमीले एक एक गोल गरेका थिए । त्यसैगरी आर्सनलका लागि बुकाया साकाले एक गोल फर्काएका थिए । अब पिएसजीले च्याम्पियन्स लिगको फाइनलमा इटालियन क्लब इन्टर मिलानको सामना गर्ने छ । च्याम्पियन्स लिगको फाइनल खेल आगामी जुन १ मा म्युनिखस्थित एलिनाज एरिना स्टेडियममा हुने छ ।