प्रतापपुरको विद्यालयहरूमा किशोरीहरूलाई रजस्वला तथा पाठेघर सम्बन्धि उपचारात्मक सेवा प्रदान

नवलपरासी। पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा विद्यालयमा अध्ययनरत किशोरीहरूको रजस्वला तथा पाठेघर सम्बन्धि समस्याको उपचारात्मक सेवा प्रदान गरिएको छ । प्रतापपुर गाउँपालिका वडा नं ६ गुठी परसौनीमा अवस्थित जन जागृति माध्यमिक विद्यालय र सोही वडाको हरपुरमा अवस्थित मदरसा मदिनतुल ओलुमका ३ सय  जना किसोरीहरूलाई रजस्वला र पाठेघर  स्वास्थ्य सम्वन्धी समस्याको उपचारात्मक सेवा प्रदान गरिएको हो ।
कार्यक्रममा  Lucodex ,Leucopils , Hingwastak , kaisor gugul लगायत  गुठी परसौनी आयुर्वेद अौषधालले  वितरण गरेको प्रतापपुर आयुवर्वेद शाखाका प्रमुख दिनबन्धु मिश्राले जानकारी दिनुभयो  । साे कार्यक्रमले विद्यार्थीहरुका लागि निकै लाभदायी भएको सहभागीहरुले बताएका छन ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?