
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज फुटबल प्रतियोगिता हेर्नका लागि रंगशाला जाने भएका छन ।आज नेपाली युवा टोली र चीनको युनान युवा टोलीबीच मैत्रीपुर्ण खेल हुदैँछ । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज दिउँसो १४ः०० बजे हुने मैत्रीपूर्ण फुटबल खेल हेर्न दशरथ रंगशाला त्रिपुरेश्वरमा सहभागी हुनेछन् ।