
नवलपरासी । पश्चिम नवलपरासी जिल्ला प्रहरी कार्यापलय मातहत खटिएका इलाकाहरूबाट प्रहरी टोलीले बिहीबार करिब ७ लाख ५५ हजार ४१ रूपैयाँ मुल्य बराबरको अवैध मालसामान बरामद गरेको छ । भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छलि ल्याउँदै गरेको अवस्थामा बिभिन्न किसिमका सामानहरु बरामद गरि आवश्यक कारवाही प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक रेशम बोहराले बताउनुभयो ।
बिहिवार रामग्राम नगरपालिका वडा नं. १५ सुक्रौली स्थित सु ४ प ५०९३ नम्बरको मोटरसाईकलमा आर्मेक्स मार्फत अनलाईन सामान डेलिभरीको बहानामा ल्याउदै गरेको विभिन्न किसिमका कस्मेटिक सामानहरु अस्थायी प्रहरी चौकी तोनवाबाट खटिएको प्रहरीटोलीले बरामद गरेको छ । त्यसैगरी प्रतापपुर गाउँपालिका वडा नं. ३ अमहवा स्थित भित्रीबाटोमा अवैध रुपमा ल्याउदै गरेको विभिन्न किसिमका कस्सेंटिक सामानहरु तथा हेण्ह व्याग ईलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरी टोलीले बरामद गरेको हो ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानहरुबाट अबैध रुपमा ल्याउदै गरेको खाद्यान्न, लत्ताकपडा र खुद्रा किराना सामानहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालयमा पठाईएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक बोहराले बताउनुभयो ।