प्रहरी सहायक निरक्षक शेर्पाले चुमिन सगरमाथाको शिखर

काठमाडौं । एक प्रहरी सहायक निरिक्षकले सगरमाथाको सफल आरोहरण गरेकी छिन् ।नेपाल प्रहरीका अनुसार आज बिहान ०८ः५६ बजे प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पाले सगरमाथाको सफल आरोहण गरेकी हुन् ।‘विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गर्नु भएकोमा प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पालाई हार्दिक बधाई,’ प्रहरी महानिरिक्षक दिपक थापाले आफ्नो बधाई सन्देशमा उल्लेख गरेका छन् ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?