बर्दगोरिया जनताका लागि खुशीको खबर : नाप नक्सा कार्य सुरु हुने

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा भूमिहिनलाई जग्गा दिन जग्गाको नाप-नक्सा कार्य सुरु हुने भएको छ ।

 

पालिकाका अनुसार यहाँका भुमिहिन, दलित, भुमिहिन सुकुम्बासी र अब्यवस्थित बसोबास अन्तर्गतका जग्गाहरुको नापनक्साको काम फागुन १ गतेदेखि शुरु गरिने भएको हो । ।

 

बिहिवार एक सूचना जारी गर्दै पालिकाले भूमिहिनलाई जग्गा दिन वडा नम्बर ३ बाट जग्गाको नाप नक्सा कार्य फागुन १ गतेदेखि शुरु हुने जनाएको छ । वडा नम्बर तिनमा यसको कार्य सकिएपछि अन्य वडामा काम थालिने जनाइएको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?