बर्दगोरियामा खोर नै रित्तो पारेर बाख्रा र खशी चोरी

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ रामपुर शान्तिनगरमा खशी र बाख्रा चोरी भएको छ । स्थानीय रत बहादुर विष्टको घरबाट गए राती चोरले चार वटा बाख्रा र एउटा खसी चोरी गरेको पिडित विष्टले जानकारी दिएका छन् । विष्टको बाख्रा खोर नै रित्तो पारेर बाख्रा चोरले चोरी गरेको छ।

 

 

गएराती घरपरिवार सुतेका बेला चोरले बाख्राको खोरबाट चोरी गरेको र विहान मात्र आफुले थाहा पाएको पिडित विष्टले बताएका छन् । चोरी गर्ने व्यक्तिको खोजी कार्यजारी रहेको ईलाका प्रहरी कार्यालय बौनियाले बताएको छ ।

 

बाख्रा र खशी राताे र कालो रंग भएको हुदा कतै देख्नुहुने र बिक्रीकाे लागि आएमा याे नम्बरमा फोन गरि दिनु होला 9848596531/9822621984

 

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?