
कैलाली। कैलालीको बर्दगोरिया गाउँपालिकामा २० औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइको छ ।बर्दगोरिया गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा मंगलबार बर्दगोरिया गाउँपालिकामा “ स्वास्थ्य क्षेत्रमा दिगो विकास,महिला सामुदायिक स्वयंसेविकाको सयुक्त प्रयास ” भन्ने मुलनारा सहित यो दिवस मनाएको हो। वडा नम्बर ४ कि महिला स्वास्थ्य स्वयंसेबिका सयोजक लालपरी चौधरीको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी पालिका अध्यक्ष कर्ण बहादुर कुवर रहनु भएको थियो ।
स्वास्थ्य शाखा प्रमुख मीन बहादुर धामिको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतम, कृष्ण देव जोसी ,शिक्षा शाखा प्रमुख नन्दा कुमारी भट्ट,प्रशासकिय अधिकृत गोबिन्द रेग्मी लगायतले कार्यक्रममा मन्तव्य राखेका थिए । प्रमुख अतिथीको आसन बाट बोल्दै गाउँपालिका अध्यक्ष कुवरले समाज परिवर्तनमा स्वास्थ्य स्वयंसेविकाको भूमिका अतुलनीय रहेको बताए ।
‘पेशाप्रती इमानदार उहाँहरु जति कोहि लागेन आफू निर्वाचित भएर आएको डेढ वर्षमा अन्य कर्मचारीको सिकायत आएपनि पालिकाका ६ वटै वडामा ४७ जना स्वयंसेविका रहेपनि कसैको गुनासो आफुकहाँ आएको छैन’ उनले भने ‘यसैबाट प्रमाणित हुन्छ कि उहाँहरु प्रेशाप्रती कति कटिबद्ध हुनुहुन्छ ।
’साथै अध्यक्ष कुवरले ४७ जना स्वयंसेविका हरु लाई १ थान साईकल एक महिना भित्र उपलब्ध गराउने समेत बताएका छ्न । यस्तै गाउँपालिकाको प्रांगणमा जम्मा भएका पालिकाभरीका सम्पुर्ण स्वास्थ्य स्वयंसेविकाले गाउँपालिकाको कार्यालयदेखि बौनिया चौराह र मुडाचौराहदेखि गाउँपालिकासम्म जनचेतनामूलक र्याली निकालेका थिए । विभिन्न प्ले कार्ड सहित र्यालीमा सहभागी उनीहरूले स्वास्थ्य जनचेतना र महिला स्वास्थ्य स्वयंसेविकाको महत्त्व बारे नारा प्रस्तुत गरेका थिए ।
सोहि दिवसका अवसरमा पालिकाका ६ वटै वडा एक एक महिला स्वास्थ्य सस्था मातहत रहि जिम्मेवारि अनुसार उत्कृष्ट कामगरेको भन्दै महिला स्वास्थ्य स्वयंसेविका वडा न १ का बरै साउद ,वडा न २ का धनसरा जोशी ,वडा न ३का रिता देवि चौधरी ,वडा न ४ का जुनिता देवि चौधरी ,वडा न ५ का हिरामती देवि चौधरी ,वडा न ६ का फुलरानी डगौरा विभिन्न वडामा कार्यरत ६ जना स्वयंसेविका हरुला कदर प्रमाणपत्र सहित दोसल्ला ओडाएर गाउँपालिका अध्यक्ष कुवँरले बधाई दिएका थिए । कार्यक्रममा गाउँपालिका कार्यपालिका सदस्यहरु, स्वास्थ्य शाखा र ४७ जना स्वयंसेविका स्वास्थ्य चौकीका कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन अनिल सिंहले गर्न भएको थियो।