बर्दगोरिया गाउँपालिकामा माघीको एक दिन स्थानीय सार्वजनिक बिदा

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाले माघी पर्वको अवसरमा एक दिन स्थानीय सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले सूचना जारी गर्दै पुस १९ गते बसेको कार्यपालिका बैठकले माघीमा एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको हो ।

 

पालिकाले एक सूचना निकालेर बिदाबारे जानकारी गराएको छ । थारु समुदायको माघी पुस महिनाको अन्तिम दिनदेखि सुरु हुने भएकोले माघ २ गते बिदा दिने निर्णय भएको बताइएको छ । त्यस्तै सुदूरपश्चिम प्रदेश सरकार को राजपत्रमा पुष २९ गते जिता पर्वको सार्वजनिक बिदादिएको छ। माघी पर्वको अवसरमा संघीय सरकारले यहि माघ १ गते हरेक वर्ष सार्वजनिक बिदा हुने गर्दछ।

माघीको दिनलाई राष्ट्रिय उत्सवको रुपमा मनाउन सार्वजनिक विदा दिने निर्णय गरिएको हो ।

 

माघी पर्व थारु जातीका लागि नभई अरु जातीले पनि मनाउने गरेकोले जनताको भावना, आस्थालाई कदर गर्दै विदा दिने निर्णय हरेक वर्ष गरेको पाइन्छ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?