बर्दगोरिया ४ मा एकदिने निशुल्क आँखा शिविर सम्पन्न (फोटो फिचर सहित)

कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं ४ मा च्यारीटी फाउन्डेसन र श्री कृष्ण आँखा अस्पताल टीकापुरको प्राविधिक सहयोग र निमुवाबोझी आधारभुत स्वास्थ्य सेवा केन्द्रको सहकार्यमा बर्दगोरिया गाउँपलिका वडा नं ४ वडा कार्यालयकाे आयोजनामा एकदिने निशुल्क आँखा शिविर सम्पन्न भएको छ।शिविरमा ५ सय ८० जनाले आँखाको परीक्षण गराएका छन् । च्यारीटी फाउन्डेसन नरेश कुमार चाैधरी र श्री कृष्ण आँखा अस्पताल टीकापुरका वीरेन्द्र चौधरी र निरज चौधरीको नेतृत्वमा रहेको चिकित्सक टोलीले वडामा रहेका जनताहरूको आखाँ परीक्षण गरेको थियो । शिविरमा युवा,विद्यार्थी, स्थानीय जनताहरूले सेवा लिएको वडाध्यक्ष जगत बहादुर शाहीले जानकारी दिए ।आँखा मानिसको महत्वपुर्ण अंग भएको कारणले आफनो वडाबासीहरुलाई निःशुल्क आँखा शिविर माफर्त परीक्षण गरिएको वडा अध्यक्ष जगत वहादुर शाहीले बताए । वडाध्यक्ष शाहीले वडा कार्यालयले विगतका दिनमा समेत निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आएको बताउदै आउँदा दिनमा समेत शिविर सञ्चालन गर्ने बताउनुभयो । वडाध्यक्ष शाहीले शरिरका सवै अङ्गको आफ्नै महत्व भएको र आँखा सवै भन्दा महत्वपूर्ण अङ्ग भएकोले नि:शुल्क आँखा शिविर सञ्चालन गरेको बताए ।जसमध्ये १ सय ९८ पुरुष र ३ सय ८२ महिला रहेको निमाभोझी आधारभुत स्वास्थ्य सेवा केन्द्रका प्रमुख भरत रसाईलीले वताए । चेकजाँचका क्रममा ९५ जनालाई निःशुल्क चस्मा बितरण ४ सय ३१ जनालाई निःशुल्क औषधी वितरण गर्नुका साथै ५४ जनाको आँखामा समस्या देखिएकोले उनीहरुलाई आँखाको अप्रेसनका लागि टीकापुरमा पठाइएको रसाईलीले बताए ।अप्रेशनकालागी टीकापुर रिफर गरिएका ५४ जनालाई एकतर्फी भाडा निःशुल्क गरिएको छ । आम नागरिकलाई सहज वातावरणमा आँखाको चेक जाँच गरी आफ्नै घरआँगनमा आँखा अस्पतालका कर्मचारीको टोलीमार्फत उपचार गराइएको थियो ।

 

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?