
बौनियाँ । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा रहेक वर्ष जस्तै यस वर्ष पनि थारु समुदायको पहिलो टिहुवारका रुपमा रहेका गुरही असरैना कार्यक्रम हुने भएको छ ।
“थारु भाषा ,सांस्कृति हमार पिहचान संरक्षण ,संवद्वन कर्ना हमार अभियान ” भन्ने नाराका साथ रहेक वर्ष नाग पञ्चमीका दिन थारु समुदायले आफ्नो पहिलो टिहुवारका रुपमा मनाउने गुरही असरैना कार्यक्रम यस पर्ष पनि भव्य रुपमा संचालन हुने भएको हो ।
तर विगतका दिनहरुमा गुरही असरैना विषेश रुपमा हुने यो कार्याक्रम यस वर्ष भने नाग पञ्चमीलाई समेत विशेष रुपमा समेटीने भएको छ । कार्यक्रम श्रावण १३ गतेका दिन हुने आयोजक संस्था कैलाली इभेन्ट एण्ड मिडिया नेटवर्क प्रा लि।ले जानकारी दिएको छ ।
कार्यक्रममा स्थानिय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने भएको हो ।
“थारु भाषा ,सांस्कृति हमार पिहचान संरक्षण ,संवद्वन कर्ना हमार अभियान ” भन्ने नाराका साथ विगत २१ सय वर्ष देखि मनाउदैआएको गुरही असरैना कार्यक्रममा यस वर्ष भने नाग पञ्चमीलाई समेत विशेष रुपमा समेटीएको आयोजकले जानकारी दिएको छ ।
बर्दगोरिया ६ मा हुने गुरही असरैना कार्यक्रमको माध्यमबाट बर्दगोरिया ६ नं। वडामा भएको विकासको प्रचार र आगामी दिनहरुमा वडा सरकारले गर्नु पर्ने विकासको बारेमा उक्त सांस्कृतिक कार्याक्रम मार्फत वडा सरकारलाई सचेतना गराउने उद्देश्य रहेको आयोजकले बताएको छ ।
गुरही असरैना कार्यक्रम परापुर्ब काल देखिनै विशेष गरि थारु समुदायले आफ्नो पहिलो तिहुवारका रुपमा मनाउने प्रचलन रहिआएको छ । यस दिन कैलाली, कञ्चनपुर लगाएत थारु समुदायको बसोवास रहेका स्थानमा भव्य रुपमा मनाउने प्रचलन रहिआएको छ ।
गुरही असरैना कार्यक्रममा थारु समुदायका परिकार र कला संस्कृती र मौलिकता झल्काउने भेष भुषा र, मन्दरहुवानाच सहितको, प्रदर्शन गरि विभिन्न थारु समुदायका खानाका परिकार समेत खाने प्रचलन रहिआएको छ ।
तर यस वर्षको उक्त कार्यक्रमा पहाडी समुदायका पनि विभिन्न परम्परागत कलासंस्कृतिको समेत प्रस्तुति रहने भएको छ ।