
कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्रमा आज बाट सस्कृतिक प्रबर्द्धन तथा दोस्रो माघी मेला २०८१ सुरु भएको छ ।
सस्कृती प्रबर्द्धन तथा माघी मेला व्यवस्थापन समितिका अध्यक्ष कलम चौधरीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर रहनु भएको थियो । यसै गरि कार्यक्रममा बिशिस्ट अतिथी पालिका उपाध्यक्ष गणेश राज गिरि र बर्दगोरिया गाउँपालिका ६ न वडा अध्यक्ष राम कृष्ण डगौरा यस्तै अतिथिमा बर्दगोरिया गाउँ पालिका १ न वडा अध्यक्ष मिथुन गौतम , बर्दगोरिया गाउँ पालिका २ न वडा अध्यक्ष गोबिन्द बि ।क ।रहनु भएको थियो ।
कार्यक्रममा समितिका सचिव दुर्गा सिंहको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष राम कृष्ण डगौरा , बर्दगोरिया गाउँपालिका वडा नम्बर १ का अध्यक्ष मिथुन गौतम लगाएतकाले शुभकामना मन्तव्य राख्नु भएको थियो ।विगत १ वर्षदेखि लाग्दै आएको माघी मेलामा यस पटक स्थानिय तथा राष्ट्रिय कलाकारका साथै भजन किर्तन, पनि प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ ।माघी मेलाको माध्यमबाट बर्दगोरिया धार्मिक क्षेत्रको विकास, प्रचारप्रसार र भक्तिनिया डाँडा पहिचानको संरक्षणका साथै आन्तरिक पर्यटनलाई प्रबर्द्धन गर्ने गरि मेलाको आयोजना गरिएको हो ।
भक्तिनिया डाँडा माघीमा २०८० देखि ठुलो मेला लाग्ने गरेको छ । विशेष त थारु जातिले नयाँ बर्षका रुपमा लिदै आएको माघ महिनामा मेला कैलालीका विभिन्न क्षेत्र र बर्दियाका साथै भारतका तिकुनिया, शिंघाई बाट मेला अवधिभर करिब ७० हजार भक्तजन तथा पर्यटकले अवलोकन गर्ने आश गरिएको छ ।
मेलामा हनुमान मम्दिर,कैलेस्वर बाबा मन्दिर, राम जानकी मन्दिर, नवनिर्मित झोलुंगे पुल तथा बच्चाहरुको पिङ मुख्य आकर्षक रहेकाछ्न साथै थारु गाउँको पनि अबलोकन गर्न सकिने छ । कार्यक्रमलाई संचालन हरेन्द्र चौधरीले गर्नु भएको थियो ।