बर्दघाटमा मूर्तिसहित साढे ३० लाखको सामान बरामद

नवलपरासी । पश्चिम नवलपरासीमा प्रहरीले भारतबाट भन्सार छली चोरी पैठारी गरी लुकाई छिपाई ल्याएको समान प्रहरीले  नियन्त्रणमा  लिएको छ ।

 

बर्दघाट नगरपालिका वडा नं. ६ बेतहानी स्थित बर्दघाट- त्रिवेणी भित्री सडकको किनारमा बेवारिसे अवस्थामा रहेको  १५ लाख बराबरको मोबाइल ग्लास ,८ लाख बराबरको एयर फोन र ६ लाख बराबरको मोबाइलको एयर पोड्स र कभर १ लाख ६३ हजार मुल्य बराबरका ३७५ थान पित्तलका मूर्ति रहेका छन् । सडक किनारमा प्लास्टिकको बोरा राखेको भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बर्दघाटबाट प्रहरी निरीक्षक दिपेन्द्र बानियाको कमाण्डमा  खटिएको प्रहरी टोलीले मुर्ति र मोबाइलका ग्लास लगायत समानहरू  बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरदत्त पन्तले बताउनुभयो  ।

 

 

उक्त नियन्त्रणमा लिएको समानको मुल्य ३० लाख ५३ हजार बराबरको रहेको छ भने मंगलबार राति  बरामद लिएको समान आवश्यक कार्वाहीको लागि महेशपुर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?