
कैलाली। कैलालीको घोडाघोडी नगरपालिका वडा नं १० रानी झिरौंखामा रहेको बुलबुले रानी सामुदायिक वन उपभोक्ता समुहको १८ औं वार्षिक साधारण सभा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सोमबार सम्पन्न भएको छ। समुहका अध्यक्ष खडक बहादुर बुढाको अध्यक्षता तथा सुदूरपश्चिम प्रदेश वैज्ञानिक वन व्यवस्थापन समितिका अध्यक्ष पुष्कल बमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।समूहकी उपाध्यक्ष रचना दहितको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा बिशिस्ट अतिथीमा सव डिभिजन वन कार्यलय सुखडका वन रक्षक गोकुल थापाले शुभकामना मनतब्य राख्नु भएको थियो । साधारणसभामा आर्थिक बर्ष २०८०/०८१ को आय ब्यय तथा आर्थिक प्रतिवेदन कोषाध्यक्ष प्रेम बटालाले ७८ लाख ४४ हजार ५ सय ८१ रुपैयाँ ४० पैंसा बराबरको आय ब्यय प्रस्तुत गरेका थिए। आर्थिक बर्ष २०८१/०८२ को ७६ लाख ११ हजार ८ सय ६६ रुपैयाँ ३४ रुपैयाँ बराबरको प्रस्तावित अनुमानित प्रस्तुत गर्नु भएको थियोे ।
कार्यक्रममा सरस्वती माध्यामिक विद्यालयका प्रअ अमर बहादुर रावत, जनकल्याण माध्यामिक विद्यालयका प्रअ टेक बहादुर सुनार, जनजागृति सामुदायिक वन उपभोक्ता समुहका आशा राम चौधरी, तुल्सीपुर सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष गोरख बहादुर सिंह र स्वर्गद्वारी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष बम बहादुर रोकाया लगायतका अतिथीहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन सामुदायिक वनका सह सचिव राम बहादुर सार्कीले गर्नु भएको थियो। अहिले सम्म सामुदायिक वनमा ४ सय ५० जना उपभोक्ता आवद्ध रहेका छन्।