
कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा रहेको महालक्ष्मी ग्रामीण विद्युत सहकारी संस्था लिको १५ औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष अमर बहादुर बमको सभापतित्वमा भएको कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा नं २ का वडा अध्यक्ष गोविन्द विक प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा विशिष्ट अतिथि बर्दगोरिया गाउँपालिका वडा नं २ की वडा सदस्य तथा कार्यपालिका सदस्य कलावती रेग्मी ढुंगाना रहनु भएको थियो।
नैन आधारभूत विद्यालयको प्राङ्गणमा महालक्ष्मी ग्रामीण विद्युत सहकारी संस्थाको आय व्यय प्रस्तुत संस्थाका अध्यक्ष अमर बहादुर बमले आर्थिक वर्ष २०८९/०८० को करिब ५६ लाख ४ सय ७८ रूपैयाँ ५४ पैंसा बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। आर्थिक वर्ष २०८०/०८१ को करिब ६२ लाख ९१ हजार ९ सय ५७ रूपैयाँ २० पैंसा बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा अतिथिहरुमा वडा सदस्य धौली देवी विक, नैन आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नैन बहादुर चौधरी, कुम्बिया ग्रामीण विद्युत् सहकारी संस्थाका अध्यक्ष खगेन्द्र राना मगर, बौनिया बजार व्यवस्थापन समितिका अध्यक्ष तथा कालिका ग्रामीण विद्युत् सहकारी संस्थाका अध्यक्ष देव राज सिंह स्वार र बौनिया जेसीजका उपाध्यक्ष प्रेम सुनार लगायतको उपस्थिति थियो। संस्थाका उपाअध्यक्ष भीम बहादुर बलायरको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रमको सञ्चालन लेखा संयोजक मान बहादुर बुढाले गर्नुभएको थियो।